Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डल्लुमा एटीएम तोडफोड

२०८० असार ११ गते

बैंकिङ खबर/काठमाडौं महानगरपालिका–१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड भएकाे छ । तोडफोडको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन्।

एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।