
बैंकिङ खबर/बैंकले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतंकित बनाएको भन्दै इटहरी बजार बन्द गरिएको छ । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैंकले आतंकित बनाएको भन्दै इटहरी बजार बन्द गरिएको भन्दै उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द गरिएको हो ।
सोबार बिहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्। इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैंकको टोलीले आतंकित बनाएको उनीहरुको आरोप छ ।


