Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

२०८० असार ३ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र इन्भेष्ट फर इम्प्याक्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनामा रहेको युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (यूपीएफ-बीएसएम) को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन हुनेछ ।

कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा वातावरणीय, सामाजिक र सुशासनसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।