Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खारेज हुँदै ४७ वर्ष पुरानो हुलाक बचत बैंक

२०८० जेष्ठ २७ गते

बैंकिङ खबर/सरकारले हुलाक बचत बैंक खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले हुलाक बचत बैंक खारेज गर्ने र त्यसमा रहेका बचत खातालाई सरकारी स्वामित्वका वाणिज्य बैंकमा स्थानान्तरण गर्ने निर्णय गरेका हुन् ।

विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्त्व धेरै भए पनि अहिले कम हुँदै गएको छ । अरू बैंकिङ काम पनि नगर्ने र ब्याजदर बचतमा प्रदान गर्ने ब्याजदर पनि सरकारले अनुदान दिनुपर्ने भएकाले अब यो बैंकको औचित्य नरहेको आवाज उठ्दै आएको थियो । यसअनुसार सरकारले उक्त बैंक खारेजी गर्ने घोषणा गरेको हो ।

गत फागुनसम्म हुलाक बचत बैंकका ६८ वटा कार्यालय सञ्चालनमा छन् । सोही अवधिसम्म यो बैंकको सम्पत्ति तथा दायित्व ४ करोड ३६ लाख ७७ हजार रुपैयाँ र कुल बचत खाता २ हजार ६ सय ६८ वटा छन्न् । यी बचत खातालाई खातालाई ‘क’ वर्गका सरकारी बैंकमा स्थानान्तरण गरिने घोषणा बजेटमा छ । हाल राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पूर्ण स्वामित्व र नेपाल बैंक एवं कृषि विकास बैंकमा आंशिक स्वामित्व छ ।