Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फेसबुक पेजमा टेलिकमको विज्ञापन राखेर ठगी

२०८० जेष्ठ २६ गते

बैंकिङ खबर/ पछिल्लो समय अनलाइनबाट जागिरको प्रलोभन देखाएर ठगी गर्नेको संख्या बढ्न थालेको छ । नेपालमा बेरोजगारीको फाइदा उठाउँदै अनलाइनमा विभिन्न रोजगारीको आश्वासन देखाउँदै ठगी गर्नेको संख्या बढेको हो ।

यसैबीच नेपाल टेलिकममा रोजगारी खुलेको भन्दै भ्रम छरेर प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर ठगी गरेको पाइएको छ । नेपाल टेलिकममा कल रिसिभको रोजगारी खुलेको भन्दै फर्म बापत एक हजार रुपैयाँ रकम उठाउन थालिएको छ ।

 

 

टेलिकम भन्छ,‘भ्रममा नपर्नु’

यता नेपाल टेलिकमले भने केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन अनुरोध गरेको छ ।