
बैंकिङ खबर/लक्ष्मी बैंक लिमिटेडले मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते आइतबार अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा सभा बोलाएको हो।
सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक शेयर स्वाप रेशियमा मर्ज हुने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


