Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महोत्तरीको एनएमबि बैंकबाट ३५ लाख लुटपाट

२०८० जेष्ठ १६ गते

बैंकिङ खबर/ महोत्तरीस्थित एनएमबी बैंकबाट ३५ लाख रुपैयाँ लुटपाट भएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका– २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको र उनीहरूले हतियार समेत बोकेको प्रहरीले जनाएको छ । यकिन रकम कति लुटेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।