Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक अब लमजुङको बेसीशहरमा

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/सानिमा बैंक लिमिटेडले लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।