Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

२०८० जेष्ठ ३ गते

बैंकिङ खबर/’आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।
सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १०% छुट पाउने छन् । अफर अन्तरालभर सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् ।

यो अफर ज्येष्ठ १ देखि असार ३१ सम्म चल्ने छ। आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको जनाइएको छ। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको कम्पनीको भनाइ छ ।