
बैंकिङ खबर/प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ घर भई हाल भक्तपुर–ठिमी ४ बस्ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । २०७८ साल कार्तिक २२ गते पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा उनलाई २५ लाख ९० हजार जरिवाना र ५ दिन कैद सजायको पैसला सुनाएको थियो ।


