Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सूर्यविनायकबाट पक्राउ

२०८० बैशाख ७ गते

बैंकिङ खबर/प्रहरीले बैकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्‍ने ४० वर्षीया रश्मी सिग्देल रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्य विनायकबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको छ । उनलाई उच्च अदालत पाटनले २०७९ साल फागुन २३ गते बैंकिङ कसूर मुद्दामा २६ लाख जरिवाना सुनाएको थियो। तर उनी उक्त जरिवना नरिति नै फरार भएकी थिइन् ।