Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता

२०८० बैशाख ७ गते

बैंकिङ खबर/कुमारी बैंक र सीजी मोटर कोर्पका बीच ग्राहकलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरुप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।

यस सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारीसाधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।