Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिटरब्याज पीडित र प्रहरीबीच झडप

२०८० बैशाख ४ गते

बैंकिङ खबर/ काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ । शान्तिबाटिकाबाट जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा शुरु गरेका थिए । त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गरेको थियो ।

साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोराका साथै अश्रु ग्यास पनि प्रहार गरेको थियो । प्रहरीको लाठी लागेर करिब ५ जना मिटरब्याज पीडित घाइते भएका छन् । प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा पनि लिएको छ। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरु आन्दोलनमा छन् भने सरकारसँगको वार्ता सफल हुनसकेको छैन ।