
बैंकिङ खबर/ सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ। यो योजना चत्र २८ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।
उक्त सहकार्यअनुसार दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंकको डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानी गरी सामान गरिद गर्दा विभिन्न प्रकारको छुटको व्यवस्था गरिएको छ।
सानिमा डोमेस्टिक डेबिट कार्डबाट र क्रेडिट कार्डबाट खरिदर गर्दा अधिकतम पाँच सयसम्म सबै सामान खरिदमा छुट दिइएको छ। यो छुट बैशाख १ गतेसम्मका लागि लागू गरिएको छ।
यस्तै दुवै कार्डबाट स्वास्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरन खरिदमा भने २० प्रतिशतसम्म छुट दिइएको छ। यो योजना बैशाख २ गतेदेखि ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
ग्राहकहरुले उक्त छुट पाउनका लागि भने दराज एपबाट भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ। भौचरहरु सीमित भएकाले पहिलो प्राथमिकताअनुसार छनोट गरिने बताइएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु रहेका छन् भने १२३ वटा एटिएम सञ्चालनमा छन्। साथै बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल तथा रेष्टुरेन्टमा विशेष छुटको व्यवस्था गरेको छ।




