२०७३ कार्तिक १२ गते

सूर्योदय लघुवित्तले माग्यो कर्मचारी

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको लघुवित्तले ५ जना वरिष्ठ सहायक (शाखा प्रमुख) माग गरेको हो । कम्पनीले हाल सञ्चालन भइरहेको २४ वटा शाखा र निकट भविष्यमा विस्तार गरिने नयाँ शाखाहरुका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि छनौट हुने उम्मेदवारलाई एक वर्षको परीक्षण कार्यकालपछि स्थायि रुपमा नियुक्त गरिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी कात्तिक २५ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

suryodaya-laghubitta