२०७९ चैत्र २४ गते

कर्जा र ब्याज : कति नैतिक र अनैतिक

हरि आर्चाय

जुनसुकै बजारमा पनि मागकर्ता र आपुर्तिकर्ता दुबैको अस्तित्व विना बजार निर्माण र संचालन हुन सक्दैन । वित्त बजारमा लगानीकर्ता तथा बचतकर्ता वित्तीय स्रोतका आपुर्तिकर्ता हुन् भने ऋणीहरु त्यसको उपभोगकर्ता वा मागकर्ता हुन् । बचतकर्ताको निम्ती ब्याज प्रतिफल हो । जुन वित्तीय जोखिम ग्रहण गरेवापत प्राप्त हुन्छ । त्यसैगरी ग्राहकको निम्ती ब्याज वित्तीय श्रोतको लागत हो ।

बैंक तथा वित्तीय सस्थाले वित्तीय श्रोतको आपूर्तिकर्ता र उपभोगकर्ताको बीचमा मध्यस्तकर्ताको कार्य गर्दछ ।  जसलाई Bridge of Trust  पनि भन्न सकिन्छ । बचतकर्ताले प्रत्यक्ष कर्जा प्रवाह नगरी बैकमा बचत गर्न र त्यही रकम बैंकले ऋणीले ऋणीको रुपमा लगानी गर्दछ ।मुल्य वृद्धि Inflation पनि भन्न सकिन्छ । बचतकर्ताले प्रत्यक्ष कर्जा प्रवाह नगरी बैकमा बचत गर्न र त्यही रकम बैंकले ऋणीले ऋणीको रुपमा लगानी गर्दछ ।

मुल्य वृद्धि Inflation  को कारणले मुद्राको क्रयशक्तिमा समय व्यतित हुँदै जादा कमी आउँछ । त्यसले आपूर्तिकर्ताको निमित्त ब्याज प्रदान गर्नुपर्न हुन्छ । जसले बचतकर्तालाई बचत गर्न अभिप्रेरित गर्ने गर्दछ । साथै उनिहरुको बचत थप क्षय हुनबाट जोगिन्छ ।

ब्याज नैतिक कि अनैतिक

हाल आएर वित्त बजारमा कर्जा सापटमा लिइने ब्याज घटिबढी भइरहने, विश्व अर्थतन्त्रमा ब्याजदरले पार्ने प्रभाव त्यसको जोखिम आदी ईत्यादीले गर्दा बजार बहसको रुपमा ब्याजदर परिर्वतन अनि त्यसमा भएको जोखिम र अर्थव्यवस्थामा पार्ने प्रभावको को बारेमा पौराणिक धर्म व्यवस्थाले के उल्लेख गरेको छ त त्यस बारेमा पौराणिक धर्म व्यवस्था र त्यसबारेमा छोटो चर्चा गरौं ।

मुस्लिम धर्म गन्ध्र Quoran मा ब्याज बारेमा सन्देश,

ईस्लाम धर्ममा ब्याज प्राप्त गर्नु वा ब्याज लिनु दिनु अनैतिक र अपराध हो भनेर ब्याख्या गरेको पाईन्छ । ब्याज लिनुदिनुलाई परस्त्रीगमन, व्यभिचार, हत्या हिंसा रक्सीसेवन बराबरी हो भनि उल्लेख गरिएको छ ।
Quoran 3:130-131  मा भएको ब्याजको बारेमा सन्देश

“O you, who have believed, do not consume interest doubled and multiplied, but fear God that you may be successful. And fear the fire, which has been for the disbelievers.”

Quoran-2: 275-276 को सन्देश अनुसार

“Those who consume interest cannot stand (on the day resurrection) except as one stand who is beaten by Satan in to insanity. That is because they say, “Trade is (just) Like interest, But god has permitted trade and has forbidden interest. So whoever has received an admonition from his lord and desists may have what is past and his affair rests with god. But whoever returns (to dealing in interest or usury).Those are companions of the fire. The will abide eternally there in .God destroys interest and give increase for charities. And god doesn’t like every sinning disbelievers.

मनुस्मृती र ऋणको व्यवस्था

मनुस्मृतीमा आवश्यकता अनुसार जीवनयापनको निमित्त वित्तीय गर्जो टार्न साहु महाजनले गरिबी वा विपन्न व्यक्तिलाई ऋण प्रदान गर्नुपर्ने त्यसमा राज्य व्यवस्थालाई जानकारी नगराउँदा पनि हुने भएकोले ऋणको लेनदेनलाई वैधानिता प्रदान गरेको पाइन्छ ।

वास्तविक साहुकारले प्रदान गरेको ऋण ऋणीले चुत्ता भुक्तान गर्न ढिलाई गरेमा वा आलटाल गरेमा, राजाले राजधर्म अनुसार असुली गरिदिनु पर्ने साथै नियतवस ऋण चुत्ता भुत्तान नर्गर्ने ऋणीले उचित दण्ड समेत दिनुपर्नै व्यवस्था भएको पाइन्छ । ऋणको माग गर्नै व्यत्तिको नियत मापन गरेर मात्र कर्जा प्रदान गर्नु पर्छ भन्ने मनुको सन्देश छ । (मनुस्मृती अध्याय आठ खण्ड २६, २७)

आधुनिक पुँजीवादी अर्थव्यवस्था र ब्याज

British Economists John Maynard Keynes n] 1936 df “The General Theory of Employment Interest and Money मा पुस्तक प्रकाशित गरेपछि ,ब्याजले अर्थतन्त्रमा कसरी भुमिका खेल्दछ त्यसमा सरकार वा नियामक निकायको के भुमिका रहन्छ भन्ने कुराको सिद्धान्त प्रतिपादन गरे बाट आधुनिक अर्थव्यवस्थमा पुजि र ब्याजको भुमिकाको बारेमा सोच र विचारमा ब्यापक परिर्वतन भएको पाईन्छ । Keynes को सिद्धान्तले अर्थशास्त्री मात्र होईन राजनितिक क्षेत्रमा पनि ठूलो रुपान्तरण ल्याउन सफल भएको कुरामा कसैको दुई मत नहोला ।

माथी जे जस्तो तर्कहरु पेश भएतापनि आधुनिक पुँजीवादी अर्थव्यवस्थाको युगमा वित्तीय पुँजी, मानव पुँजी, भौतिक पुँजी, प्राकृतिक पुँजी लगायत प्रविधि समेतलाई विचार गर्दा उत्पादनको साधनको लागत, माग र आपूर्तिको सामाञ्जस्यता विना अर्थव्यवस्थाको परिकल्पना गर्ने सकिँदैन् ।

वित्तीय लागत Financial Cost

वित्तीय श्रोतको प्राप्तिको निमित्त जे जस्तो खर्चहरु ऋणीले ब्यहोर्नुेपर्न हुन्छ । त्यस्ता प्रत्यक्ष र अप्रत्यक्ष खर्चहरु वितिय लागत भित्र पर्दछन जसलाई वास्तविक ब्याजदर निर्धारण गर्दा समावेश गर्नुपर्नै हुन्छ । जसले गर्दा श्रोतको लागतमा यथार्थतता चित्रण गर्न सकियोस । मुलतः लागतमा निम्न तत्वहरु समावेश हुने गर्दछन्।

-ब्याज
– सेवा शुल्क
– बीमा शुल्क
-प्रतिबद्धता शुल्क
– अग्रीम भुत्तानी शुल्क
– कर्जा सूचना शुल्क
– धितो मुल्याकंन शुल्क
– रेटिङ्ग शुल्क
– परमर्शदाता खर्च
– अन्य खर्चहरु

सामान्यतय ब्याज बाहेक वितिय लागतहरु अग्रीम रुपमा भुत्तान गरिन्छ जसले गर्दा वास्तविक ब्याजदर बढ्छ । वा त्यसको आवृत्ति कस्तो छ सो कुराको पनि निर्धारण गर्दछ । ऋणीले कर्जा प्राप्त गर्दा माथि उल्लेखित कुराको पनि विश्लेषण गर्नुपर्नै हुन्छ ।

ब्याजदर जोखिम Interest Rate Risk

वित्तीय बजारमा खरिद बिक्री भइरहने विभिन्न वित्तीय उपकरणहरुलाई सामान्यतया दुई वर्गमा विभाजन गर्न सकिन्छ । या त तिनीहरु Financial Assets –वित्तीय सम्पत्ती) को रुपमा रहन्छन् या त वित्तीय दायित्व Financial Liabilities को रुपमा रहन्छन् । ब्याजदरमा भइरहने परिर्वतनको कारणले त्यस्ता सम्पत्तीहरुको बजार मुल्य घटबढ भइरहने गर्दछ । जसले गर्दा लगानीकर्ता ऋणदाता वा वित्तीय उपकरणको कारोवार गर्ने कारोवारी व्यक्ति वा संघ संस्था घाटा नाफामा पर्दछन् ।

त्यस्तो नाफा घाटाको सम्भावनालाई ब्याजदर जोखिम भनेर बुझिन्छ । हालसालै अमेरिकामा सिलिकन भ्याली बैंक Liquidate  हुनुको मुख्य कारणनै ब्याजदर जोखिम हो । त्यस्तो ब्याजदर जोखिमलाई न्यूनीकरण वा व्यवस्थापन गर्नको लागि वित्तीय बजारका विभिन्न उपकरणहरु Derivative Product पनि उपलब्ध हुन्छन् । जस्तो Interest Rate Swap, Hedging Fixed Interest Rate ईत्यादी , यस्ता उपकरणको प्रयोग कर्ता त्यसमा निहित लागत र जोखिम अनि प्रतिफलको पनि राम्रोसँग विश्लेषण गर्नुपर्ने हुन्छ ।

वित्तीय प्रणालीमा वित्तीय उपकरणको माग र आपुर्ति बीचमा सन्तुलन ल्याउन, मुल्य नियन्त्रण गर्न, लगानीकर्ता र निक्षेपकर्तामा मनोवल उच्च राख्न कर्जाको सहजता तथा सरल ब्याज उपलब्ध गराउन मौद्रिक उपकरणको रुपमा ब्याजलाई नियन्त्रण भन्दा बाहिर जान नदिन विभिन्न समयमा ब्याजदरलाई परिर्वतन गरिरहने वा नियन्त्रयमा लिने कार्यले गर्दा ब्याजदर जोखिम आगामी दिनहरुमा अझ जटिल र पेचिलो हुन जाने कुरा प्रायः निश्चत नै छ ।

निष्कर्ष तथा सुझाव

राज्य सरकार, कल्याणकारी अर्थव्यवस्था राष्ट्रिय तथा अन्र्तराष्ट्रिय वित्त बजारको अस्थित्व रहेसम्म पुँजी ऋण, ब्याज र ब्याजदरको अस्तित्व सँगसँगै रहने भएकोले ब्याज, ब्याजदर र यसको परिवर्तन सर्वस्वीकार्य रुपमा रहने घटनाक्रमलाई स्वीकार्नु बाध्यता हो । अतः ऋण र ब्याज विनाको अर्थ व्यवस्था कल्पना बाहिर कुरा हो भन्न सकिन्छ । जबसम्म ब्याजदरको अस्तित्व रहन्छ भने त्यसको जोखिम तत्व पनि रहन्छ ।

ब्याजदर जोखिमको व्यवस्थापनको निमित्त यसको पहिचान मापन जोखिम बहनको क्षमता विश्लेष्ण जोखीमको सीमा र त्यसको स्वीकार्यता र अस्वीकार्यता त्यसको न्यूनीकरण गर्नै उपाय आदकिो बारेमा थाहा पाउनु जरुरी रहन्छ । Know Your Risk भने कुरालाई ध्यान दिदा कम्तीमा पनि थाहा पाउनुपर्नै जोखिम के हो त्यस कुराको ज्ञान भएपछि त्यसको आधा व्यवस्थापन स्वस्फुर्त रुपमा हुन सक्दछ ।

ब्याजदरको जोखिमले हामीले गर्नै लगानीको प्रतिफल , त्यसले मुल्यका पर्ने प्रभाव, कर्जाको व्याजदरमा हुने परिर्वतनबाट हुने डिफल्ट वा वित्तीय घाटाको सम्भावना, आप्नो जोखिम बहन गर्न सक्ने क्षमता,समग्र बजारको अवस्था आदी कुरालाई ध्यान पुर्याउन सकेको खण्डमा भविष्यको जोखिमले ल्याउने दुष्परिणामबाट केही बच्न सकिन्छ ।

सामान्य अवस्थामा ब्याजदर बजार आफैले निर्धारण गनुपर्ने Auto Regulation  को कुरा गरिएता पनि अर्थतन्त्र संकटको बेलामा नियामक निकायको भुमिका महत्वपूर्ण रहन्छ । तर त्यस्तो भनि रहँदा सडकबाटै ब्याज निर्धारण गर्नै माग हुनुले पनिFinancial Ecosystem लाई अवरोध गर्न सक्ने कारण सबै निकायहरुले ध्यान दिनुपर्नै जरुरी देखिन्छ ।