
बैंकिङ खबर/ओछ्यानमा पैसा छरेको भिडियो टिकटकमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । महोत्तरी बर्दिवास– १ घर भई ललितपुरको टीकाथली बस्ने सुलभ आचार्यलाई प्रहरीले सचेत गराई निगरानीमा रहने गरी छाडेको हो।
आचार्यले केही समयअघि ओछ्यानमा पैसा फिँजाएको भिडियो टिकटकमा राखेका थिए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फी बुझाउन बैंकबाट निकालेको पैसा रमाइलोका लागि भिडियो बनाएर पोस्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त भिडियोप्रति राष्ट्र बैंकले समेत चासो देखाएको थियो । उनले उक्त रकम एभरेस्ट बैंकबाट निकालेका थिए। आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने सर्तमा निगरानीमा रहने गरी सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।



