Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल मनी विक २०२३ : प्रभु क्यापिटलकाे सचेतना अभिवृद्धि प्रशिक्षण

२०७९ चैत्र १० गते

बैंकिङ खबर/ विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा प्रभु क्यापिटलले विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले कम्पनीले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।