Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकद्वारा दोलखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७९ चैत्र १० गते

बैंकिङ खबर/कृषि विकास बैंकको प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थित श्री सरस्वती सामुदायिक विद्यालयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदीप भक्त आचार्यसमेतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको होे।

यो कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अन्य सम्पूर्ण सहभागीमा वित्तीय ज्ञान प्राप्त गरेको बैंकको विश्वास छ।

कार्यक्रममा बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उपमहाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पारेका थिए।