Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआइसी एसिया बैंकको वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सम्पन्न

२०७९ चैत्र ९ गते

बैंकिङ खबर/ एनआइसी एसिया बैंंकले वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कैलाली जिल्लामा रहको पलहमालपुर शाखाले चैत ६ गतेदेखि ९ गतेसम्म ग्लोबल मनी विक २०२३ कार्यक्रम अनुसार आज मिती २०७९।१२।०९ वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । 

‘प्लान योर मनी, प्लान्ट यो फ्यूचर’ भन्ने नारासहित ‘ग्लोबल मनी विक–२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौँ संस्करण हो। सोही अनुरूप एनआईसी एसिया बैंकले पलहमालपुरमा रहेको पहलमान सिह मेमोरियल विद्यालयमा ५० जना विद्यार्थीको सहभागितामा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ मूलतः किशोररकिशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।