Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल रेमिटबाट पठाएको पैसा सिँधै राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने

२०७९ चैत्र ५ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंक र रेमिटबीच वैदेशिक रेमिटान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको हो ।

यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले राष्ट्र वाणिज्य बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।

यसका साथै राष्ट्रिय वाणिज्य बैँकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजारभन्दा बढी स्थानबाट आफ्नो सेवा प्रदान गर्न सक्नेछ । नेपाल रेमिट इन्टरनेशनल विगत १७ वर्ष देखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो ।