
बैंकिङ खबर/मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरेको छ ।
यस योजना अन्तर्गत रु. २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्रै सर्वशुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।
यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सकिने प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताए ।



