Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शंकास्पद कारोबारः पृथ्वी शाहसहित ६ जना जेल चलान

२०७९ फाल्गुन ३० गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ शंकास्पद कारोबारको आरोप लागेका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्। हालसम्म पक्राउ परेका पृथ्वी शाहसित ६ जनालाई नै पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको सीआईबीले जनाएको छ।