Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको डिजिटल होली योजना सार्वजनिक

२०७९ फाल्गुन २१ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ। मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको बैंकले बताएको छ।

यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ। यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरुले आफ्नो मनपर्ने रङको नाम लेखि भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० रूपैयाँसम्म) क्यासब्याक पाउनेछन्।

बैंकले आफ्नाग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता योजनाहरु ल्याएर आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई हर्षोल्लासका साथ होली मनाउन आग्रहसमेत गरेको छ।