Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आज ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो’ हुँदै

२०७९ फाल्गुन १९ गते

बैंकिङ खबर/  मिडिया इन्टरनेसनल नेपालको आयोजनामा आज काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो’ हुने भएको छ । नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण तथा नेपाल धितोपत्र बोर्डसहितको सहकार्यमा एक्स्पोको आयोजना गर्न लागिएको हो ।

आज बिहान १० बजेबाट शुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेल, नेपाल बीमक संघका कार्यकारी निर्देशक सुद्य्रुम्न प्रसाद उपाध्यय, जीवन बीमक संघकातर्फबट प्रविणरमण पराजुली र नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक यमनाथ अर्याल लगायतले डिजिटल नेपालकाे सम्भावना र चुनौतीहरुका साथै डिजिटल बैंकिङ र अवसरहरु, बीमा बजारमा डिजिटल सेवा, शेयर बजारमा भित्रिएको डिजिटलाइजेशन र डिजिटल मार्केट तथा इकमर्श सम्भावना र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले डिजिटलाईजेशनमा मन्त्रालयको योजनाका बारेमा र डा.भोजराज घिमिरेले समग्र देशको डिजिटल र ग्रामीण अर्थतन्त्रको बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच हामीले मिडिया इन्टरनेसनल नेपालका निर्देशक एवं एक्पोका कार्यक्रम संयोजक माधव निर्दोषसँग फाइनान्सियल डिजिटल एक्स्पोका बारेमा कुराकानी गरेका छौं ।

यो कस्तो कार्यक्रम हो ?

नेपालमा फाइनाक्सिएल लिट्रेसी अर्थात् वित्तीय साक्षरता कार्यक्रम आज भन्दा ८ वर्ष अगाडि हामीले शुरु गरेका थियौं । आर्थिक समृद्धि, विकास, अर्थतन्त्रको सवलिकरण, आम नागरिकलाई राज्यका उत्पादनशिल क्षेत्रसँग जोड्नका लागि भनेरै त्यो विषयमा वहस, अन्तरक्रिया गर्न मिडिया इन्टरनेशनल  १० वर्ष अगाडि स्थापना भयाे। मिडिया इन्टरनेशनल स्थापनाको मुख्य उदेश्य भनेकै देशमा आर्थिक क्षेत्रको बारेमा बहस, सम्भावना खोजी गर्ने र यसलाई अगाडि बढाउने हो ।

त्यसै सिलसिलामा ८ वर्ष अगाडि ‘वित्तीय साक्षरताका लागि वित्तीय जागरण राष्ट्रिय अभियान’ भनेर प्रपोजल लिएरै म राष्ट्र बैंकमा गएको थिए । त्यो प्रपोजलाई राष्ट्र बैंकले स्वीकार गरेपछि हामीले यो कार्यक्रम शुरुवात गर्यौं । विभिन्न बैंकवित्तसँग सहकार्य गर्दै अगाडि बढ्ने सिलसिलामा पहिला बैंकिङ क्षेत्रलाई मात्र समेटेर गयौं ।

त्यसलगतै एक वर्ष पछाडि बीमा समिति र धितोपत्र बोर्ड समेत समेटेर बीमा शिक्षा र शेयर बजारको बारेमा पनि मान्छेलाई शिक्षा अभियान चलाउने भनेर एकै ठाउँमा हामीले वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम ल्याएका थियौं ।

बैंकिङ क्षेत्र, इन्सुरेन्स र शेयर बजारको क्षेत्रमा ज्ञान दिने भनेर हामीले यो कार्यक्रम सुरुवात गरेका थियौं । त्यो अभियान अन्तर्गत धेरै ठाउँमा कार्यक्रमहरु पनि सञ्चालन गर्यौं । विगतमा हरेक वर्ष हामीले काठमाडौं भृकुटीमण्डपमा बैंकिङ एक्पो कार्यक्रम सञ्चालन गथ्र्यौ, तर यस वर्ष अलि फरक कार्यक्रम गरौं भनेर ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्पो’ कार्यक्रम गर्न गइरहेका छौं । 

कार्यक्रममा के–के हुनेछ ?

बैंकिङ एण्ड डिजिटल एक्पो कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमा भएका डिजिटलाइजेशनमा फोकस गरिनेछ । अहिले हरेक नागरिक जति पनि व्यक्ति बैंकमा गइरहेका छन् । त्यसमध्ये ५० प्रतिशत काम उसले घरबाटै गर्न सक्छ । जुन मोबाइल, ल्यापटपबाटै गर्न सकियो । बैंक मात्र नभइ इन्सुरेन्स, शेयर बजारमा पनि त्यहि छ । जुन मान्छेले घरबाटै अपडेट गर्न सक्छ । त्यो कुरा थाहा नहुँदा मान्छे फिजिकल रुपमा उपस्थित भइरहेको अवस्था छ ।

अर्को नेपालको बैंकिङ क्षेत्रमा के–के डिजिटलाइजेशन भित्रि रहेको छ । त्यसको कारोबार कसरी भइरहेको छ ?, सम्भावना के छ र चुनौती के हुन सक्छन् भन्ने विषय पनि उठ्न सक्छन् । भोलीका दिनमा डिजिटल करेन्सिका कुराहरु पनि विभिन्न देशमा उठिरहेका छन् । नेपालको अवस्था के हो त ?, भनेर नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकबाटै छर्लङ्ग हुने गरी नेपालको बैंकिङ क्षेत्र र डिजिटलाइजेशनको बारेमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले यस विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसमा नेपालमा भएको डिजिटलाईजनशनको बारेमा जान्ने अवसर मिल्नेछ ।

त्यस्तै नेपालको शेयर बजारको अवस्था कस्ताे छ भन्ने अवस्थालाई लिएर नेपाल धितोपत्रबोर्डबाट कार्यपत्र प्रस्तुत हुनेछ । यसले नेपालमा सेयर बजारमा भएको टेक्नोलोजी र डिजिटलाईजेशनका बारेमा पनि हामीले बुझाउन सक्नेछौं ।

इन्सुरेन्स क्षेत्रमा भित्रिएका टेक्नोलोजीका बारेमा बीमक संघ र नेपाल जीवन बीमक संघबाट एक/एक वटा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै डा.भोजराज घिमिरेले नेपालको समग्र टेक्नोलोजी र ग्रामीण अर्थतन्त्रका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । हामीले समग्र डिजिटलाईजेशनका बारेमा यस कार्यक्रममा छलफल र बहस गर्नेछौं ।

हरके मान्छेलाई बैंकिङ, फाइनान्सियल, शेयर बजार र इन्सुरेन्स क्षेत्रमा भएका टेक्नोलोजीको बारेमा जान्ने, बझ्ने अवसर मिल्नेछ । कार्यक्रममा समग्र सरकारले डिजिटलाईजेशनका क्षेत्रमा चालेका उदेश्यहरुमा सूचना तथा संचार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले स्पष्ट पार्नुहुनेछ । यस कारण पनि यो कार्यक्रमको महत्व छ ।