Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि बैंकका अध्यक्षले गभर्नर समक्ष लिए सपथ

२०७९ फाल्गुन ११ गते

बैंकिङ खबर/कृषि विकास बैंक लि. बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रामशरण पुडासैनी नियूक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष निजामति सेवामा लामो अवधी सम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष सपथ ग्रहण गराउनुपर्ने प्रावधान अनुसार अध्यक्ष रामशरण पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराउनुभयो ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लि.का संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।