Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकको ९ लाख रुपैयाँ लुटियो

२०७९ फाल्गुन १० गते

बैंकिङ खबर/सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको हो ।
मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।