Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज ‘फोकस्ड फण्ड’को इकाइ बाँडफाँड

२०७९ माघ २७ गते

बैंकिङ खबर/ सनराइज फोकस्ड इक्विटी फण्डको इकाइ बाँडफाँड गरिएको छ । यो बन्दमुखी योजनाको कुल १२ करोड इकाइमध्ये १० करोड २० लाख इकाइ सर्वसाधारणहरुका लागि माघ १० देखि २४ गतेसम्म बिक्री खुला गरिएको थियो । सनराइज क्यापिटलले निस्कासन तथा बिक्री प्रवन्ध गरेको यो योजना सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालन हुनेछ ।

निर्धारित समयावधिमा २९ हजार ९०३ जना आवेदकबाट १० करोड इकाइ खरिदका लागि आवेदन प्राप्त भएकोमा शुक्रबार बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सबैलाई इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योजनाको आकार १ अर्ब कायम गरिएको छ । बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट वा मेरो सेयरमार्फत हेर्न सकिनेछ ।