Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भत्ता लिन ५ किलोमिटरको यात्रा, फर्किंदै गर्दा बाटोमै मृत्यु

२०७९ माघ २६ गते

बैंकिङ खबर/ घरखर्च चलाउन भन्दै सामाजिक सुरक्षा भत्ता लिन गएकी बझाङ छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरी घर फर्किइनन् । उनको बाटोमै ज्यान गयो । उनको घरबाट कुमारी बैंकको शाखा ५ किलोमिटर टाढा छ ।

उनी नसकी कसरी बैंकमा त पुगिन् । भत्ता पनि लिइन तर घर फर्किँदै गर्दा एकल महिला गिरीको बाटोमै ज्यान गयो । उनी दमको बिरामी थिइन् ।