Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट

२०७९ माघ १८ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ अस्पतालले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरुले चिरायु नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।