October 21st, 2016

बैंक अफ काठमाण्डू लुम्बिनीमा जागीर खुल्यो, अनुभव नचाहिने

boklबैंक अफ काठमाण्डू लुम्बिनीले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि उक्त पदमा दरखास्त आह्वान गरेको हो । आमलेखगञ्ज, बनेपा, बर्दघाट, विराटनगर, वीरगञ्ज, बुटवल, दमौली दिक्तेल, घोराही, गुलेरिया, हेटौँडा, जनकपूर, जुम्ला, खाँदबारी, लंकु, नारायणगढ, पनौती, परासी, पर्सा, सुर्खेत, तामघास र तुलसीपूर शाखाका लागि २५ वर्ष उमेर ननाघेका कर्मचारी आवश्यक परेको बैंकले जनाएको छ । यसका लागि, मार्केटिङ, मेनेजमेन्ट, फाइनान्सियल मेनेजमेन्ट अथवा अर्थशास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने समेत बैंकले उल्लेख गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्बर अर्थात कात्तिक १७ गतेभित्रमा आफूले काम गर्न चाहेको शाखा समेत खुलाएको निवेदन, वायोडाटा, हालसालै खिचेको एकप्रति पासपोर्ट साइजको फोटो, एसएलसीदेखि माथिको शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रसहित बैंकमा सम्पर्क गर्नुपर्नेछ । बैंकको इमेल ठेगाना vacancy@boklumbini.com.np मार्फत पनि सम्पर्क गर्न सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]