Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

२०७९ पुष २६ गते

बैंकिङ खबर/कृषि विकास बैंकले १३ प्रशित लाभांश दिने भएको छ । २६ पुस बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकिृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।