Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ

२०७९ पुष २५ गते

बैंकिङ खबर/ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले सोमबार गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सोमबार मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।