Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाः फरार अभियुक्त पेप्सीकोलाबाट पक्राउ

२०७९ पुष १४ गते

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी-गाउँपालिका-६ बस्‍ने ४२ वर्षीय बद्री बोहोरा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई पाटन उच्च अदालतले मिमिति २०७९ मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत खगनखेल पठाइएको छ ।