Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा नविन बिष्ट

२०७९ पुष १४ गते

बैंकिङ खबर/ नेपाल बैंकर एसोसिएसन (एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नविन बिष्ट चयन हुनुभएको छ । एशोसियसनको स–संयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख( सुमिर शम्सेर जबरा चयन हुनुभएको छ । एशोसियसनको सदस्य सचीवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन हुनुभएको छ।

एशोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख(सुवास कुवर, नेपाल एसबिआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख (शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख( सुशील कुमार नेपाल चयन हुनुभएको छ ।

संयोजकका रुपमा चुनिनुभएका नविन बिष्ट झन्डै डेड दशक देखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएको छ । नवनियुक्त संयोजक बिष्टका अनुसार एशोसिएसनले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याइने जानकारी गराउनु भएको छ ।