Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फरवार्ड माइक्रोफाइनान्सको एजीएम पुस ३० मा

२०७९ पुष १० गते

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ३० प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा २५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश छन।

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। अन्य उपयुक्त कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।