Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

२०७९ पुष ६ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।
हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।