Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको ‘Foreign Employment IPO Account’ संचालनमा

२०७९ पुष ४ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पुर्‍याउने उद्धेश्यले Foreign Employment IPO Account को सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहनुुहुने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै : डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।