Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नक्कली नोटको विगविगीः ६ जना पक्राउ

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नक्कली नोट बरामद भएको छ। नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुशवाहासहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो।

साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाइराखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।