Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दराज ११.११ मा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

२०७९ कार्तिक २४ गते

बैंकिङ खबर/ सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ। योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने जनाइएको छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ कात्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।