Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ ।

नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. ०१ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहनु भएको कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक लिमिटेड सि.अ.विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो भने नेपाल बैंक लिमिटेडका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

नेपाल बैंक लिमिटेड विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति राम भुषण सिंहले उपस्थित हुनु हुने सम्पुर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, ग्राहकवर्गहरु, कर्मचारी लगायत सम्पुर्णमा धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभएको थियो ।