२०७९ कार्तिक १७ गते

नेपालका बैंकिङ क्षेत्रका जल्दाबल्दा समस्या र समाधानका उपायहरु

 

बैंकिङ खबर/ बैंकिङ क्षेत्रलाई अत्यन्तै जटिल एवं संवेदनशिल क्षेत्रका रुपमा लिइन्छ । परिवर्तित समयअनुसार अनौपचारिक मुद्रा कारोबारलाई विस्थापित गर्दै औपचारिक एवं आधुनिक बैंकिङ प्रणाली सुरु गरेदेखि हालसम्म आइपुग्दा नेपालको बैंकिङ क्षेत्रलाई चलायमान बनाइराख्न यस क्षेत्रमा थुप्रै समस्याहरु देखापर्दैै आइरहेका छन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

तत्कालिन समस्याहरु

– अस्वस्थ्य प्रतिस्पर्धाको कारण निक्षेप संकलनको दर भन्दा कर्जा लगानीको दर बढी हुँदा तरलता समस्या सिर्जना भएको छ ।
– समयअनुकुल राष्ट्र बैंकले जारी गर्दै आएको ऐन, नीति नियमको अक्षरंश पालन हुन सकेको छैन ।
– केभिड–१९ को कारण बैंकिङ क्षेत्रमा असर पुर्याउनुको साथै सञ्चालन जोखिम, प्रणालीगत जोखिम, बजार जोखिम, कर्जा जोखिम तथा तरलता तोखिम उत्पन्न हुँदै आएको छ ।
– भौगोलिक कारण अझै पनि दुरदराजमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन ।
– प्रविधिको बढ्दो प्रयोग र विकाससँगै जोखिम समेत सिर्जन हुन थालेको छ ।

दीर्घकालिन समस्याहरु

– दक्ष एवं कुशल जनशक्ति एवं व्यवस्थापकिय सक्षमताको अभाव हुँदा संस्थागत सुशासन कायम हुन सकिरहेको छैन ।
– सम्पत्ति शुद्धिकरण तथा बैंकिङ कसुरका घटनाहरु दिनानुदिन बढिरहेको छ ।
– अपेक्षित रुपमा वित्तीय समावेशीकरण जोड दिन नसक्दा वित्तीय साक्षरता अभिवृद्धि हुन सकिरहेको छैन ।
– छायाँ बैंकिङलाई कडाइका साथ नियमनको दायराभित्र ल्याउन सकिएको छैन ।
– BASEL III को पूर्ण कार्यान्वयन नहुनु ।
– दक्ष जनशक्ति एवं प्रविधिको अभावमा एनएफआरएस बमोजिम सबै बैंक तथा वित्तीय संस्थामा लेखा अभिलेख गर्न कठिनाई भइरहेको छ ।
– ग्राहकहरुको हित संरक्षणमा ध्यान नदिई मुनाफा मात्रै कमाउने प्रवित्ति बढ्दो छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुप्रति सर्वसाधारणको विश्वासमा ह्रास आएको छ ।

समाधानका उपाहरु

१.लामो समयदेखि बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या व्यवस्थपनका लागि राष्ट्र बैंकले उचिव नीति तथा निर्देशनहरु लगू गरी कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
२.राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्रको गहन अध्ययन अनुसन्धान तथा विश्लेषण गरी सोही बमोजिम कार्यान्वयनयोग्य नीति तथा निर्देशन जारी गर्नुपर्दछ ।
३.भौगोलिक अवस्थाले बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार हुन नसकेका दुरदराजमा शाखारहित बैंकिङ विस्तारलाई जोड दिनुपर्छ ।
४.नविनतम प्रविधिको प्रयोग सँगै सिर्जित जोखिम न्यूनिकरण गर्न सक्षम एवं स्तरिय प्रविधिको विकासमा जोड दिनुपर्दछ ।
५.संस्थागत सुशासन कायम तथा आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन कुशल जनशक्ति तथा व्यवस्थापकिय सक्षमतामा अभिवृद्धिमा जोड दिनुपर्छ ।
६.सम्भावित सबै जोमिहरुको उपयुक्त ढंगबाट व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुद बनाउनुपर्ने देखिन्छ ।
सम्पत्ति शुद्धिकरण निवारण तथा बैंकिङ कसुर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धित नियकायहरुसँग उचिव समन्वय एवं नीतिगत व्यवस्थ गरी कडाइका साथ लागु गर्नुपर्दछ ।
७.BASEL III को पूर्ण कार्यान्वयनमा ध्यान दिँदै सक्षम एवं कुशल जनशिक्तको व्यवस्था गरी ल्ँच्क् को पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।
८.बैंकिङ क्षेत्र नाफामुखी क्षेत्र मात्र नभई सेवामुखी क्षेत्र पनि भएकाले विश्वसमिनयत सर्वसाधरणलाई प्रदान गरी ग्राहकको हित संरक्षण्मा जेड दिनुपर्ने देखिन्छ ।
९.बैंकिङ क्षेत्रलाई Universal Banking  तर्फ अपेक्षित रुपमा उपान्तरण गथर्न बिग मर्जर मार्फत पूँजीको आधारर सुदृढ बनाउनुपर्छ ।