Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश

२०७९ कार्तिक १५ गते


बैंकिङ खबर/ यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७९ कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हर्षेउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।