
बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई साढे चार लाख रुपैयाँ बढीकाे सामग्री हस्तान्तरण गरेको छ। बैंकले चार लाख ५३ हजार ८४० रुपैयाँ मूल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको हो।
सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरुलाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको जनाएको छ।
बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको बैंककाे भनाइ छ।
सहयोगका सामग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरे। सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।



