Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ब्याजदर वृद्धिः आन्दोलनमा उद्योगी-व्यवसायी

२०७९ कार्तिक ५ गते

बैंकिङ खबर/ बैंकहरु ब्याजदर बढाएसँगै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ब्याजदर घटाउन दबाब दिइरहेका छन् ।

यसैबीच शुक्रबार भैरहवाका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए ।
यहि १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा ¥याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए ।

सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार (३ कात्तिक)मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा आएका छन् ।