Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकको साँवा–ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप गर्न माग

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/ होटेल संघ नेपालले बैंकको साँवा–ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटेलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटेलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको साँवा–ब्याज तिर्न नसक्ने घोषणा गरेको हो ।

संघले कोभिडबाट थलिएको होटेल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको साँवा–ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको साँवा–ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताउनुभयो । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटेलहरूलाई दिएको बैंकको साँवा, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताउनुभयो ।

उहाँले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रूपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए। साहले विगतको भन्दा होटेलहरू सामान्य सुधार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो ।