Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः २ करोड ६१ लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ब्रजेश उपाध्याय रहेका छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई २ करोड ६१ लाख बिगो रकम जाहेरवाललाई भराउन र सो बराबरको रकम जरिवाना तिराउने फैसला गरेको छ । २०७९ साउन २३ मा भएको सो फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।