Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

२०७९ आश्विन ३० गते

बैंकिङ खबर/ कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२.५ प्रतिशत नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो ।

आफ्ना देशव्यापी १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ इकाई तथा ३४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबदता जनाएको छ।