
बैंकिङ खबर/गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष सोमबार राति तोडफोड भएको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको छ । मंगलबार बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।


