Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको ‘धनवृद्धि मुद्धति निक्षेप’ योजना : १० हजार राख्नेले पाउनेछन् १० लाख

२०७९ आश्विन १० गते

बैंकिङ खबर/ कुमारी बैंकमा १० हजार रुपैयाँ निक्षेप राख्नेले १० लाख रुपैयाँ पाउने भएका छन् । बैंकले केहि समय अघि ‘धनवृद्धि मुद्धति निक्षेप’को नामबाट अघि सारेको यो योजनामा अहिले १० हजार रुपैयाँ राख्नेले १९ वर्ष ९ महिना १६ दिनपछि १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

धनवृद्धि मुद्धति निक्षेप योजनामा न्युनतम १० हजार रुपैयाँ राख्न सकिन्छ । यो खाता खोल्ने निक्षेपकर्ताले १९ वर्ष ९ महिना १६ दिनपछि एकमुष्ठ १० लाख रुपैयाँ पाउनेछन् । बैंकका अनुसार १० हजार रुपैयाँको मुद्धति खाता खोलेपछि हरेक महिना एक हजार रुपैयाँका दरले रकम थप्दै जानुपर्छ । र १९ वर्ष पुगे ९ महिना १६ दिनपछि बैंकले एकमुष्ठ १० लाख रुपैयाँ भुक्तानी दिनेछ । यसमा अधिकतम १० लाख रुपैयाँको खाता खोल्न सकिन्छ, जसमा हरेक महिना सुरुमा खाता खोल्दा राखिएको रकमको १० प्रतिशतले हुन आउने रकम थप्दै जानुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालका अनुसार बैंकले एसआईपी योजना अन्तर्गत यस्तो मुद्धति खाता अघि सारेको हो । जसमा पाँच वर्ष एक महिना ११ दिनका लागि निक्षेप राखेमा १० गुणा रकम प्राप्त हुनेछ । त्यस्तै, ८ वर्ष ६ महिना २७ दिनका लागि निक्षेप राख्नेहरुले २० गुणा रकम प्राप्त गर्नेछन् । १४ वर्ष ६ महिना १७ दिन निक्षेप राखेमा ५० गुणा रकम प्राप्त हुनेछ ।

बैंकले धनवृद्धि मुद्धति निक्षेपमा खाता खोल्नेहरुका लागि अन्य थुप्रै सुविधाहरु पनि अघि सारेको छ । योजनामा पैसा राख्नेहरुले लोन अगेन्स्ड फिस्क्ड डिपोजिटको सुबिधा पाउनेछन् । जसमा निक्षेपमा राखिएको रकमको ८५ प्रतिशतसम्म ऋण लिन सकिन्छ । निःशुल्क क्रेडिट कार्डको सुविधा समेत उपलब्ध छ । कुमार बैंकले १९८ शाखा कार्यालय, २६ वटा एक्सटेन्सन काउन्टर र ५३ वटा ब्राञ्चलेश बैंकिङ मार्फत वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको मोबाइल बैंकिङ नेटवर्कमा ७ लाख ग्राहक छन् । बैंकको ग्राहक आधार १२ लाख नाघिसकेको छ ।

बैंकले बाणिज्य बैंकहरुमाझ निक्षेप, ऋण, शाखा, नाफा र पुँजीका आधारमा १० औं नम्बरमा रहेको दावी गर्दै आएको छ । एक हजार ८ सय ५० जना कर्मचारी रहेको बैंकले अबका दिनमा लघु घरेलु तथा साना उद्यम(एसएमईज)मा केन्द्रित हुँदै रिटेल बैंकिङको बाटोमा अघि बढ्ने योजना बनाएको छ ।